सिम्रौनगढ नपाको मेयरमा चार दलबीच भिडन्तको सम्भावना
सिम्रौनगढ नपाको नगर अध्यक्षमा मुख्य चार दलबीच भिडन्त हुने सम्भावना छ ।
नेपाली काङ्ग्रेस, राजपा, सङ्घीय समाजवादी फोरम र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धाका हुने भएको छ ।
मन, बचन र कर्मका साथ चुनावमा होमिएका नगर अध्यक्षहरुले छुट्टाछुट्टै घोषणापत्र पनि जारी गरेका छन् । गाउँपालिकाबाट हालै नपामा परिणत सिम्रौनगढलाई विभिन्न ढङ्गले विकास गर्ने उम्मेदवारहरुले प्रतिबद्धता गर्न थालेका छन् ।
राजपा नेपाल र फोरमले मधेस आन्दोलनको उपलब्धि खोज्दै चुनावमा होमिएका छन् भने नेका र माओवादी केन्द्रले विकासको नारा लगाउँदैछन् । जसले जे भने पनि अन्ततः जातीय समीकरणको आधारमा मत बाँडफाँड हुने गाउँलेहरुको भनाइ छ । सिम्रौनगढको पूर्वमा कचोर्वा, उत्तरमा देवापुर टेटामा यादव बाहुल्य वस्ती छन् भने दक्षिणमा कुशवाहा,मुस्लिमको बाहुल्यता छ ।
हाल ८ राजनीतिक दल र ६ जना स्वतन्त्र गरी १४ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेकाबाट विजयशङ्कर यादव, राजपाबाट किशोरी साह, फोरम नेपालबाट पन्नालाल कुशवाहा, माओवादी केन्द्रबाट शेख मोतिनबीच कडा प्रतिस्पर्धा र चुनौती रहेको देखिन्छ । फोरम लोकतान्त्रिकका मदन कुशवाहा, एमालेका गगनदेव कुशवाहा, बहुजन पार्टीका अजयकुमार गुप्ता, नेपाली जनता दलका अनवर अन्सारीले पनि आप्mनो क्षमता अनुसार प्रयास गरिरहेका छन् ।
स्वतन्त्र उम्मेदवारमध्ये परमानन्द कलवारले प्रचारप्रसार गरिरहेका छन् भने बाँकीले अन्य दलको समर्थन गरिरहेका छन् । नेकाको उम्मेदवार विजयशङ्कर यादव नेपालको स्वतन्त्र सेनानी भागवतप्रसाद यादवको छोरा हुन् । उनले बुबाले गरेको विकास र काम तथा जातीय आधारमा मत माग्दैछन् ।

Post a Comment