जहाज दुर्घटनामा परी अवधेश कुमार यादबको मृत्युले सिङ्गो मधेश तथा सर्लाही जिल्ला नै दुखित भए
सोमबार भएको जहाज दुर्घटनामा परी अवधेश कुमार यादबको मृत्युले सिङ्गो मधेश तथा सर्लाही जिल्ला नै दुखित भए । चार महिनाकी छोरी सोनावतीलाई काखमा लिएर पुनमदेवी(मृतक अबधेश का श्रीमती) सासू–ससुरासँगै आउन लागेका श्रीमान्को स्वागतमा सोमबार बिहानै देखि नै प्रतीक्षामा थिइन् । तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका २३ वर्षीय अवधेश कुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनमा जिवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीं रोकिएको छ ।
अहिले शवको प्रतीक्षामा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सर्लाहीका ६० वर्षीय रासनारायण यादव र ५७ वर्षीया सुमित्रादेवी यादब प्रतीक्षामा रहेका छन् । महाराजगन्जस्थित टिचिङ अस्पतालको प्रांगणमा श्रीमान्को काखमा टाउको राखेर ५७ वर्षीया सुमित्रादेवी छोरालाई एकपटक देखाइदेऊ भन्दै डाँको छाडेर रुँदैछिन्।
‘हमर बाबुको दिखा दो ’, दुर्घटनामा छोरा परेको खबर सुनेलगत्तै सुमित्रादेवीको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन् । उता गाउँमा रुवावासी छ, परिवारका केही सदस्य राजधानी आएका छन् ।
‘हमर बाबुको दिखा दो ’, दुर्घटनामा छोरा परेको खबर सुनेलगत्तै सुमित्रादेवीको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन् । उता गाउँमा रुवावासी छ, परिवारका केही सदस्य राजधानी आएका छन् ।
Post a Comment